नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
लुबाट बच्न जनचेतना बढाउन आवश्यक ।

लुबाट बच्न जनचेतना बढाउन आवश्यक ।

काठमाडौँ, ३ जेठः ‘लु’ (तातो हावाको लहर) बाट बच्नका लागि व्यापक जनचेतना तथा प्रचारप्रसार गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताउनुभएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज आयोजना गरेको ‘लु’को प्रभाव र पूर्वतयारीसम्बन्धी संवाद कार्यक्रममा उहाँहरुले ‘लु’बाट बच्न व्यापक जनचेतना जरुरी रहेको बताउनुभएको हो । 

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आपत्कालीन अवस्थासम्बन्धी कार्ययोजना बनाउन सबै सरोकारवालालाई आग्रह गर्नुभयो । “सबैको सहकार्यमा लु व्यवस्थापन तथा न्यूनीकरणको कार्ययोजना तर्जुमा गर्नसकेमा उपयुक्त हुनेछ”, उहाँले भन्नुभयो, “लुसम्बन्धी जनचेतना एकदमै जरुरी छ, जनचेतनाको ठूलो महत्व रहन्छ ।”

ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले प्रत्येक जिल्लामा जनचेतना बढाउनका लागि निर्देशन र गर्मीबाट बच्न जीवनजल वितरणका कार्यक्रम अगाडि बढाउनुपर्ने सुझाव दिनुभएको छ । प्राधिकरणका वरिष्ठ मौसमविद् राजेन्द्र शर्माले ‘लु’बाट बच्नका लागि जनचेताना जगाउन र नीति तर्जुमा गर्नुपर्ने सुझाव दिनुभयो । 

जल तथा मौसम विज्ञान विभागले यस वर्ष तापक्रम बढ्ने प्रक्षेपण गरिरहेको उल्लेख गर्दै तापक्रमबाट मानिसको जनजीवनबाट प्रभावित हुनसक्ने उहाँको भनाइ थियो ।

१६ May २०२४ , ४:०८pm
हाम्रो आवाज