नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
प्यालेस्टिनी प्राधिकरण वित्तीय सङ्कटको जोखिममा छ : विश्व बैङ्क

प्यालेस्टिनी प्राधिकरण वित्तीय सङ्कटको जोखिममा छ : विश्व बैङ्क

 

प्यालेस्टिनी प्राधिकरणले वित्तीय पतनको सम्भावनाको सामना गरिरहेको विश्व बैङ्कले जनाएको छ ।

गाजा युद्धको पृष्ठभूमिमा राजस्व स्रोतहरूको अभाव हुनुका साथै आर्थिक गतिविधिहरू खस्किरहेकाले यस्तो भएको बैङ्कले जनाएको छ ।  

 

प्यालेस्टिनी प्राधिकरणको वित्तीय अवस्था विगत तीन महिनामा नाटकीय रूपमा बिग्रिएकाले  वित्तीय पतनको जोखिमलाई बढाएको बैङ्कले शुक्रबार जार िविज्ञप्तिमार्फत जानकारी गराएको हो । 

 

बैङ्कका अनुसार प्यालेस्टिनी प्राधिकरणलाई तिर्नुपर्ने निकासी राजस्व हस्तान्तरणमा कमी र आर्थिक गतिविधिमा ठूलो गिरावटका कारण राजस्व स्रोतहरूमा अत्यधिक कमी आएको छ  ।

 

सन् २०२३ को अन्त्यमा ६८ करोड २० लाख अमेरिकी डलर रहेको कोष अन्तर आगामी महिनाहरूमा दोब्बर भई प्यालेष्टिनी प्राधिकरणको घाटा १.२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । 

 

प्यालेस्टिनी अर्थतन्त्र ६.५ देखि ९.६ प्रतिशतको बिचमा सङ्कुचित हुने अनुमान गरिएकोमा बैङ्कका दृष्टिकोणसमेत युद्ध लम्बिँदै जाँदा अनिश्चित बनेका छन् । 

 

बढ्दो विदेशी सहायता र सार्वजनिक कर्मचारी र आपूर्तिकर्ताको थप बक्यौता जम्मा गर्नु प्यालेस्टिनी प्राधिकरणका लागि उपलब्ध वित्तीय विकल्पहरू मात्र भएको बैङ्कले जनाएको छ ।

२४ May २०२४ , २:५५pm
हाम्रो आवाज