नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
जुम्ला, बैतडी, गोरखा र कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

जुम्ला, बैतडी, गोरखा र कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

 

 

काठमाडौँ, १२ जेठ : बैतडी, गोरखा र  कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदैछ । 

 

कञ्चनपुरका ३३ हजार नौ सय ४२ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइने छ । पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जेठ १३ गतेदेखि २६ सम्म सम्बन्धित पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो ।

 

    खोप अभियानका लागि जिल्लामा एक सय ५३ स्वास्थ्यकर्मी र सात सय १० महिला स्वास्थ्य स्वयंसेविका गरी आठ सय ६३ जना परिचालन गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यो खोप २०७१ सालदेखि लगाउन सुरु गरिएको हो । शुक्लाफाँटा नगरपालिकाका तीन हजार पाँच सय ८०, भीमदत्त नगरपालिकाका आठ हजार पाँच सय ६२, बेल्डाँडी गाउँपालिका एक हजार एक सय ७४, बेलौरी नगरपालिकाका दुई हजार सात सय ९३, लालझाडी गाँउपालिकाका एक हजार तीन ८१ बालबालिकालाई खोप लगाइने छ । पुनर्वास नगरपालिकाका चार हजार तीन सय ११, बेदकोट नगरपालिकाका तीन हजार दुई सय ३२, कृष्णपुर नगरपालिकाका पाँच हजार छ सय ६७ र दोधाचाँदनी नगरपालिकाका तीन हजार दुई सय ४२ बालबालिकालाई खोप लगाइने छ ।

 

यसैबीच जुम्लाबाट रासस प्रतिनिधिले सम्प्रेषण गरेको समाचारअनुसार जिल्लाका पाँच हजार आठ सय बालबालिकालाई पोलियोेविरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा जेठ १३ गतेदेखि १५ गतेसम्म  पातारासी, गुठिचौर, चन्दननाथ र तातोपानीमा खोप अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा जेठ १८ गतेदेखि २० गतेसम्म तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानअन्तर्गत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका पाँचदेखि आठ वर्ष उमेर समूहका बालबालिकालाई मात्र खोप लगाइँनेछ । 

    

२५ May २०२४ , २:०७pm
हाम्रो आवाज