नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
नेपालगंजका शिक्षकहरू लाई मनोसामाजिक सहयोग सम्बन्धि तालिम प्रदान

नेपालगंजका शिक्षकहरू लाई मनोसामाजिक सहयोग सम्बन्धि तालिम प्रदान

 

जेठ -१३
नेपालगंजका शिक्षकहरुलाई मनोसामाजिक सहयोग सम्बन्धि तालिम प्रदान गरिएको छ । नेपालगंज उपमहानगरपालिकाको सहयोगमा पाँच दिनसम्म सञ्चालित तालिममा २० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

पाँच दिनसम्म सञ्चालित तालिममा  मनोसामाजिक अवधारणा, मनोसामाजिक समस्या, यसका कारण, लक्षण र प्रभाव जस्ता विषयमा छलफल गरिएको थियो। यसका साथै मनोसामाजिक सहयोगका सिद्धान्त, मनोसामाजिक सहयोग ढाँचा, तनाव व्यवस्थापन सीप लगायतका विषयमा समेत छ्लफल भएको थियो। 

उक्त तालिम मा नेपालगंज उपमहानगरपालिकाका विपद तथा वातावरण समिति संयोजक समिर प्रताप सिंह, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा लगायत अन्य को उपस्थिति रहेको थियो।

२६ May २०२४ , ६:२३am
हाम्रो आवाज