नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
बाँकेमा पनि बालबालिकालाई पोलियो बिरुद्द को खोप लगाइँदै

बाँकेमा पनि बालबालिकालाई पोलियो बिरुद्द को खोप लगाइँदै

 

जेठ -१३

नेपालगंज -आजदेखि देशब्यापीरुपमा शुरु भएको पोलियो बिरुद्द  को खोप अभियान बाँकेमा पनि सुरू भएको छ ।

यस अभियान अन्तर्गत बाँके जिल्लाका ३५ हजार ७ सय ५ बालबालिकालाई आ.पी.भी खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य नेपालगंज उपहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ। 

५ वर्ष देखि ८ वर्ष सम्म का बालबालिका अर्थात् २०७३ बैशाखदेखि २०७५ आश्विन महिनाभित्र जन्मेका बालबालिकालाई मात्र पोलियो विरुद्धको आ.पी.भी. खोप दिने लक्ष्य रहेको छ ।

यस अभियान लाई सफल पार्न बाँकेमा २ सय ४३ वटा खोप केन्द्र तोकिएको छ भने, २ सय ४३ जना स्वास्थ्यकर्मी र ४ सय ८६ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरिएको छ । 

२६ May २०२४ , २:२३pm
हाम्रो आवाज