नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
गर्मी र 'लु' का कारण नेपालगंजका सम्पुर्ण विद्यालयमा ४ दिन का लागि पठनपाठन बन्द गर्ने नेपालगंज उपमहानगर को निर्णय

गर्मी र 'लु' का कारण नेपालगंजका सम्पुर्ण विद्यालयमा ४ दिन का लागि पठनपाठन बन्द गर्ने नेपालगंज उपमहानगर को निर्णय


जेठ- १३
नेपालगंज -विगत केही दिनदेखि नेपालगंज मा बढ्दै गएको गर्मी र लु लाई मध्यनजर गर्दै नेपालगंजका सम्पुर्ण सामुदायिक धार्मिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न नेपालगंज उपमहानगर ले निर्णय गरेको छ।

नेपालगंज उपमहानगरपालिका अन्तर्गत रहेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले गरेको निर्णय अनुसार नेपालगंज का सम्पूर्ण विद्यालयहरू मा पठनपाठन यही जेठ १५ गते देखि जेठ १८ गते सम्म ४ दिन का लागि बन्द रहने नेपालगंज उपहानगरपालिका शिक्षा शाखा का उप सचिव प्रा गोरखबहादुर चन्दले जनाएका छन् ।

२६ May २०२४ , ४:३२pm
हाम्रो आवाज