गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे
जेठ -१६
काठमाण्डौ-सर्वोच्च अदालत बाट परमादेश जारी भएपछि आज गण्डकी सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे शपथ ग्रहण गर्ने भएका छन ।
सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई बर्खास्त गरी कांग्रेसबाट सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउने परमादेश जारी गरेको हो ।
सोमबार नै सर्वोच्चबाट परमादेश जारी भएकोले दिएको संक्षिप्त पाठ हिजो देशभर गणतन्त्र दिवस को अवसर मा सार्वजनिक बिदा रहेकाले आज मात्रै सर्वोच्चबाट पत्र जाने भएको जनाइएको छ।