नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
प्रेमलाल कुर्मी मृत्यु प्रकरण, शंकास्पद ३ जना बाँके प्रहरी द्वारा पक्राउ

प्रेमलाल कुर्मी मृत्यु प्रकरण, शंकास्पद ३ जना बाँके प्रहरी द्वारा पक्राउ

 

जेठ- १८
नेपालगंज -बाँकेमा प्रेमलाल कुर्मी मृत्यु प्रकरणमा शंकास्पद ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष ५५ को प्रेमलाल कुर्मीको मृत्यु मा शंकित व्यक्तिहरू लाई बाँके प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, बाँके जानकी गा.पा. २ फुलपुरवा बस्ने बर्ष ४० की महिलका तेली, सोही ठाउँ बस्ने बस्ने बर्ष ५० को नन्कु लोनिया र बर्ष ५० को रतिराम कोरी रहेको जिल्ला  प्रहरी कार्यालय बाँके का सुचना अधिकारी प्रवक्ता नारायण डाँगीले जनाएका छन् ।

पक्राउ गरिएका तीनै जना विरुद्ध मृतक प्रेमलाल कुर्मीको छोरा रामकुमार बर्माले कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दरखास्त दिएकोले सोही आधारमामा सम्मानित बाँके जिल्ला अदालतबाट अनुमति लिई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँके का सुचना अधिकारी प्रवक्ता नारायण डाँगीले जनाएका छन् ।

पक्राउ गरिएका शंकीत व्यक्ति हरू लाई ७ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँके का सुचना अधिकारी प्रवक्ता नारायण डाँगीले जनाएका छन् ।

३१ May २०२४ , ६:३४am
असलम खान