नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
नेप्से परिसूचक सोमबार झन्डै चार अंकले घट्यो

नेप्से परिसूचक सोमबार झन्डै चार अंकले घट्यो

 

जेठ- २१

काठमाडौ -सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झन्डै चार अंकले घटेर २ हजार ७९.०७ विन्दुमा ओर्लिएको छ । अघिल्लो दिनको तुलनामा यो ०.१९ प्रतिशतले कम हो । आइतबार साढे १३ अंकले बढेको नेप्से सोमबार सामान्य अंकले घटेको हो ।

 

नेप्से परिसूचकसँगै सोमबार कारोबार रकम पनि केही घटेको छ । सो दिन ५९ हजार २ सय ९५ वटा कारोबारबाट ८८ लाख २० हजार ८ सय २५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

३ Jun २०२४ , ३:३२pm
हाम्रो आवाज