नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
ट्वान्टी-२० विश्वकप क्रिकेट नामिबियाले ओमानलाई सुपर ओभरमा हरायो

ट्वान्टी-२० विश्वकप क्रिकेट नामिबियाले ओमानलाई सुपर ओभरमा हरायो

जेठ- २१

ट्वान्टी-२० विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ । बार्बाडोसको ब्रिजटाउनमा भएको समूह 'बी' को पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गर्दै नामिबियाले २१ रन बनाएको थियो । जवाफमा ओमानले १ विकेट गुमाउँदै १० रन मात्र जोड्न सफल भयो । सुपर ओभरमा नामिबियाको तर्फबाट डेभिड विजे र गेर्हार्ड इरास्मसले ब्याटिङ गरे भने ओमानका लागि बिलाल खानले बलिङ गरे । 

यसरी सुपर ओभरमा ओमानका अकिब इलियास र जिसन मक्सुदलाई नामिबियाका डेभिड विजेले १० रनमै रोक्न सफल भए ।

३ Jun २०२४ , ३:३४pm
हाम्रो आवाज