नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
बाँके प्रहरीद्धारा अवैध भन्सार छ्लीको सामान बरामद।

बाँके प्रहरीद्धारा अवैध भन्सार छ्लीको सामान बरामद।

 

 

जेठ- २२

नेपालगंज - बाँके प्रहरीले नेपालगंज बाट अवैध भन्सार छलि को सामान बरामद गरेको छ। 

 

नेपालगंज उ.म.न.पा.४ स्थित भारत बाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको बच्चाको कपडा, प्लाष्टिकको भाडाहरु र चिसो अन्दाजी मुल्य रु.१०,०००।– र जानकी गा.पा.१ साईगाउँबाट अबैध रुपमा ल्याएका ब्रोईलर कुखुराको चल्ला १८०० वटा अन्दाजी मुल्य रु.१,८०,०००।– बराबरको अबैध सामान र चल्ला बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

 

यसरी बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज र पशु क्वारेन्टाइन कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

४ Jun २०२४ , ४:२१pm
हाम्रो आवाज