नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
मौसम अपडेट: लुम्बीनी र कर्णाली प्रदेश मा वर्षाको संभावना

मौसम अपडेट: लुम्बीनी र कर्णाली प्रदेश मा वर्षाको संभावना

 

जेठ-२३

काठमाडौ -कोशी, मधेश, बागमती  र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखा ले बताएको छ।

यसरी कोशी, बागमती  र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश, लुम्बीनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, कोशी, मधेश,कर्णाली र लुम्बीनी प्रदेशका एक-दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको जनाइएको छ ।

पहाडी भू-भागमा भने,आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखा ले बताएको छ।

 

 

५ Jun २०२४ , ७:३४am
हाम्रो आवाज