नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
इजरायल युद्धविराम -अमेरिकाले पेश गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद को समर्थन

इजरायल युद्धविराम -अमेरिकाले पेश गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद को समर्थन

 

जेठ-२९

काठमाडौं । गाजा–इजरायल युद्धविरामबारे अमेरिकाले पेश गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले समर्थन गरेको छ ।

यस प्रस्तावका मुख्य बुँदाहरू पूर्ण युद्धविराम, हमासद्वारा सबै बन्धकहरूको रिहाइ र इजरायलद्वारा प्यालेस्टिनी बन्दीहरूको रिहाई हुन्।

सुरक्षा परिषद्का १५ मध्ये १४ सदस्यले अमेरिकी प्रस्तावको समर्थनमा मतदान गरेका छन् । तर, रुसले यो प्रस्तावसँग सम्बन्धित मतदानमा भाग लिएन ।

प्रस्तावमा इजरायलले यसमा सहमत भएको र यो प्रस्ताव स्वीकार गर्न हमासलाई अपिल गरिएको बताइएको छ ।

११ Jun २०२४ , १२:३९pm
हाम्रो आवाज