नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
बाँकेमा स्कुटर चोरी मा संलग्न दुई जना पक्राउ

बाँकेमा स्कुटर चोरी मा संलग्न दुई जना पक्राउ

 

जेठ -२९

बाँके -नेपालगंजमा स्कुटर चोरी मा संलग्न दुई जना पक्राउ लाई बांके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बाँके जानकी गा.पा. ३ बस्ने रम्जान यादव र नेपालगंज उप-महानगरपालिका ३ बस्ने मोहम्द जिसान्त सिद्दिकि रहेका छन ।

गत बैशाख २२ गते नेपालगंज उप-महानगरपालिका १८ सोल्टि होटल नजिकबाट भे १३ प १६३४ नम्बरको स्कुटर हराएको भनि जिल्ला प्रहरी कार्यालय बाँकेले प्राप्त गरेको सुचना को आधारमा खोजतलास गर्ने क्रममा जिल्ला बाँके जानकी गा.पा. ३ ईन्द्रपुर स्थित

स्कुटरको नम्बर परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा दुबै जना लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी (डीएसपी) नारायण डाँगी ले जनाएका छन् ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट चार दिन म्याद थप गराई थप अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता (डिएसपी) नारायण डागीले जनाएका छन ।

११ Jun २०२४ , २:१७pm
हाम्रो आवाज