नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
अवैध बन्दुक राखेको अभियोगमा अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन दोषी ठहर

अवैध बन्दुक राखेको अभियोगमा अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन दोषी ठहर

 

जेठ -३०

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई डेलावेयरमा चलिरहेको मुद्दाका तीनवटै आरोपमा दोषी ठहर गरिएको छ । 

 

उनका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका बेला हन्टरलाई यो उच्चस्तरीय सुनुवाइमा दोषी ठहर गरिएको हो ।

 

हन्टर बाइडेन लागूपदार्थको प्रभावमा रहेको बेला अवैध बन्दुक राखेको अभियोगमा दोषी ठहर भएका हुन् । १२ सदस्यीय न्यायाधीशको निर्णायक मण्डलले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा भरेको फारममा लागूऔषध प्रयोगबारे गलत जानकारी दिएको निष्कर्ष निकालेको बीबीसीले जनाएको छ । 

१२ Jun २०२४ , ९:२८am
हाम्रो आवाज