नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
फातिमा फाउण्डेशन नेपाल द्वारा दुई दिने आधारभुत मनोविमर्श सहयोग तालिम सम्पन्न

फातिमा फाउण्डेशन नेपाल द्वारा दुई दिने आधारभुत मनोविमर्श सहयोग तालिम सम्पन्न

 

जेठ -३१

बाँके-फातिमा फाउण्डेशन नेपाल द्वारा नेपालगंजमा आयोजना गरिएको 'सामुदायिक सुरक्षा जालो परियोजना' अन्तर्गत दुई दिने आधारभुत मनोविमर्श सहयोग तालिम सम्पन्न भएको छ ।

प्राकृतिक प्रकोप तथा भुकम्प को उच्च जोखिममा रहेका नेपालगंज उपमहानगरपालिका वडा न. ३ र ७ लाई लक्षित गरी आयोजना गरिएको उक्त तालिम मा बिद्यालय का शिक्षक, शिक्षिका र बिद्यार्थी गरी करिब २० जना को सहभागिता रहेको थियो ।

आधारभूत मनोविमर्श सहयोग सम्बन्धी यस दुई दिने तालिममा मनोसामाजिक अवधारणा, मनोसामाजिक समस्याका कारण, मनोसामाजिक सहयोगका आधारभूत सिद्धान्तहरू, मनोसामाजिककर्तामा हुनुपर्ने गुणहरू,तनाव,तनावको कारण र यसलाई निर्मूल पार्ने उपाय लगायत अन्य विषयमा मनोबिमर्श कर्ता सुमना धिमालले बताएकी थिइन् ।

मनोविमर्शकर्ता को रूपमा शिक्षक/शिक्षिका को भुमिका महत्त्वपूर्ण हुने कुरा लाई आत्मसात गर्दै उक्त तालिमको आयोजना गरिएको  कार्यक्रम संयोजक सीमा रिमालले बताएकी छिन ।

प्राकृतिक प्रकोप र भूकम्पीय उच्च जोखिममा रहेको नेपालगंज उपमहानगरपालिका वडा न. ३ र ७ मै केन्द्रित रही 'सामुदायिक सुरक्षा जालो परियोजना' अन्तर्गत बिभिन्न कार्यक्रमहरू गरिने आयोजक संस्थाले जनाएको छ ।

१३ Jun २०२४ , ७:०७pm
असलम खान