नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
उमेर नपुगेका व्यक्ति सामाजिक सुरक्षा भत्ता को सूचीमा,पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उमेर नपुगेका व्यक्ति सामाजिक सुरक्षा भत्ता को सूचीमा,पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार -१

काठमाडौँ, १ असारः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उमेर नै नपुगेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा राखेको आरोपमा वडाध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

 

हिजो शुक्रवार अख्तियारले मोरङको रतुवामाइ नगरपालिका-६ का वडाध्यक्ष तुलाराम लुइँटेल र त्यहाँका तत्कालीन वडासचिव कल्पना बास्कोटा, इलाका प्रशासन कार्यालय रंगेलीका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र नासु रमेश कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको स्रोतले जनाएको छ ।

१५ Jun २०२४ , १०:५८am
हाम्रो आवाज