नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
लुम्बिनी प्रदेश मा देखियो मनसुन को प्रभाव,एक-दुई स्थान मा वर्षा हुँदै

लुम्बिनी प्रदेश मा देखियो मनसुन को प्रभाव,एक-दुई स्थान मा वर्षा हुँदै

 

असार- ५

बाँके-हाल कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पुर्णतया बदली  तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

यसैगरी दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ भने,कोशी, बागमती र गण्डकी प्रदेशका  केही  तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ। साथै कोशी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ | 

१९ Jun २०२४ , ८:१४am
हाम्रो आवाज