नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
एसईईको नतिजा सार्वजनिक देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्र उतीर्ण

एसईईको नतिजा सार्वजनिक देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्र उतीर्ण

असार -१३ 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।

एसईई परीक्षामा विद्यार्थी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । जसमा कक्षा ११ पढ्न पाउने गरी २ लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका हुन् ।

बोर्डका अनुसार यसपटकको एसईई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८७२ जना सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जनाले ननग्रेड (एनजी) पाएका छन् ।

२७ Jun २०२४ , १:०५pm
हाम्रो आवाज