नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
२१ औं राष्ट्रिय धान दिवस को अवसरमा लमजुङका चार किसान पुरस्कृत

२१ औं राष्ट्रिय धान दिवस को अवसरमा लमजुङका चार किसान पुरस्कृत

असार-१६

लमजुङ । २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोसव २०८१ को अवसरमा लमजुङका चार किसान पुरस्कृत भएका छन् । ती किसानलाई जनही १० हजार नगद र प्रशंसापत्रसहित सो अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो ।

उन्नत तरकारी, गाई र बाख्रा पालकका साथै एकीकृत कृषि समूहबाट एक एक जना किसानलाई छनौट गरी पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र, लमजुङले जनाएको छ । 

सम्मानित हुने कृषकहरूमा तरकारी खेतीतर्फ क्ब्होलासोथार गाउँपालिका– ७ मपिङकी केशकुमारी गुरुङ, एकीकृत कृषितर्फ मध्यनेपाल नगरपालिका– ६ का नन्दलाल लामीछाने, गाई पालक कृषि सुन्दरवजार नगरपालिका– ७ का धु्रवराज पोख्रेल र मस्र्याङदी गाउँपालिका– ७, का बाख्रा पालक कृषक डम्वरसिँङ गुरुङ रहेको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले बताएका छन।

३० Jun २०२४ , २:५०pm
हाम्रो आवाज