नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

EnglishEN
कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता

कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता

असार-१८

काठमाडौं-सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ।

जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निमत्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले शतकर्ता सहितको आवश्यक तयारी अघि बढाएको हो।

बाढी पूर्वतयारीलाई लिएर कोशी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक समेत डाकिएको छ। बैठकले नदीमा आउनसक्ने बाढीको आंकलन गर्दै सूचना संप्रेषण र विपद् पूर्वतयारीको कार्यलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ।

३ Jul २०२४ , १२:५७pm
हाम्रो आवाज