नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

EnglishEN
अमेरिकी डलरको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्यो

असार-२१

काठमाडौं । आज २०८१ असार २१ गते नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

नेपाली बजारमा पछिल्ला दिनमा निरन्तर बढेको अमेरिकी डलर आज घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.३० रुपियाँ र बिक्री दर १३३.९० रुपियाँ रहेकामा हिजो भने खरिद १३३.३६ र बिक्री १३३.९६ रुपियाँ थियो । 

 

त्यसैगरी अघिल्लो दिन युरो १ को खरिद मूल्य १४३.४७ रुपियाँ र बिक्री मूल्य १४४.११ रुपियाँ रहेकामा आज भने खरिद १४३.९२ रुपियाँ र बिक्री १४४.५७ रुपियाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, शुक्रबारका लागि पाउन्ड १ को खरिद दर १७०.०२ रुपियाँ र बिक्री दर १७०.७८ रुपियाँ तोकिएको छ । बिहीबार भने खरिद १६९.३३ रुपियाँ र बिक्री १७०.१० रुपियाँ थियो ।

५ Jul २०२४ , ६:५७am
हाम्रो आवाज