
राष्ट्रीय पौडी प्रतियोगिता आज बाट सुरू
असार -२२
काठमाडौं : राष्ट्रीय पौडी प्रतियोगिता आज बाट सुरु हुने भएको छ । नेपाल पौडी संघको आयोजनामा शनिबार र आइतबाट सातदोबाटोमा पौडी प्रतियोगिता हुन लागेको सचिव गंगालाल गोलेले जानकारी दिएका छन।
ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगितामा ३५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गर्न लागेको उनको भनाई छ।