नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

EnglishEN
अविरल वर्षाले देशका अधिकांश भूभाग डुबानमा, लुम्बिनीमा भारी वर्षाको अनुमान

अविरल वर्षाले देशका अधिकांश भूभाग डुबानमा, लुम्बिनीमा भारी वर्षाको अनुमान

असार-२३

काठमाडौँ: हाल देश का पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लगातारको वर्षाले अधिकांश भूभागहरु डुबानमा परेका छन ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

७ Jul २०२४ , ७:१४am
हाम्रो आवाज