नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
सेती नदीको जलस्तर बढ्यो, डुबानक्षेत्रका घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

सेती नदीको जलस्तर बढ्यो, डुबानक्षेत्रका घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

असार-२३

बैतडी -  सेती नदीको जलस्तर बढेर बस्ती डुबानमा पर्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिएका छन । 

सेती नदी को जलस्तर बढ़न थालेपछि गाउँ पस्ने खतरा बढेपछि ढुङ्गाडका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी शर्मा ले जनाएका छन ।

नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालय तथा सार्वजनिक अन्य सार्वजनिक ठाउँमा आश्रय लिएका छन । 

 

७ Jul २०२४ , ७:३०am
हाम्रो आवाज