नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
इङ्गल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

इङ्गल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

असार-२३

काठमाडौँ । इङ्गल्याण्ड जर्मनीमा जारी युरोकप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको क्वार्टरफाइनलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५–३ गोल अन्तरले पराजित गर्दै इङ्गल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा दुवै देशले १–१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा स्वीट्जरल्याण्डका खेलाडी अकान्जीले पेनाल्टी मिस गरेका थिए ।

७ Jul २०२४ , ७:३६am
हाम्रो आवाज