नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
आज को मौसम:देशका केहि स्थानमा भारी वर्षाको सम्भावना

आज को मौसम:देशका केहि स्थानमा भारी वर्षाको सम्भावना

असार-२९

काठमाडौं-हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली  रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम  वर्षा   भइरहेको छ। 

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी,  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती , गण्डकी र लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

१३ Jul २०२४ , ७:०५am
हाम्रो आवाज