नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

EnglishEN
बङ्गलादेशको विभिन्न निकायका वेबसाइटहरू ह्याक

बङ्गलादेशको विभिन्न निकायका वेबसाइटहरू ह्याक

साउन -८ (एजेन्सी)

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका बीच बङ्गलादेशको प्रधानमन्त्री कार्यालय लगायत केन्द्रीय बैंक र प्रहरीका आधिकारिक वेबसाइटहरू द रेजिस्टेन्स नामक समूहले ह्याक गरेकाे छ । 

 

तीनवटै वेबसाइटमा ‘अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो’ भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको  छ ।

 

सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत  राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नु परेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध भएको जनाइएको छ ।   

 

समूहले तत्काल ह्याकर, ओएसआइएनटी अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वानसमेत गरेका छन् ।  

‘न्यायका लागि लडाइँ शुरू भइसकेको छ , तयार रहनुहोस्,’ ह्याकरहरूले चेतावनी दिएका छन् । 

२३ Jul २०२४ , ३:०५pm
हाम्रो आवाज