नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
परराष्ट्रमन्त्री राणासँग युएइ र इजरायली राजदूतको शिष्टाचार भेट,

परराष्ट्रमन्त्री राणासँग युएइ र इजरायली राजदूतको शिष्टाचार भेट,

साउन ९, 

काठमाडौँ  -  परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमेरेट्सका राजदूत अब्दुल्ला अल सामसीले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् ।

भेटका क्रममा द्विपक्षीय सम्बन्ध र पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजरायली राजदूत हानान गोदर गोल्डबर्गरले पनि शिष्टाचार भेट गरे । परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल इजरायल सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।  



 

 

२५ Jul २०२४ , ७:१६am
हाम्रो आवाज