बाँके प्रहरीद्वारा अबैध भन्सार छलिको सामान बरामद,
साउन-१५
बाँके प्रहरीद्वारा अबैध भन्सार छलिको सामान बरामद गरिएको छ ।
बाँकेको ने.गं.उ.म.न.पा.१ र २ स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको कपडा, चिनी, डिउ अन्दाजी मुल्य रु.३३,१००।– (तेत्तिस हजार एक सय) बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बरामद गरिएको सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको बाँके प्रहरीले जनाएको छ ।