नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
देशभर २० जनामा हैजा संक्रमण पुष्टि,

देशभर २० जनामा हैजा संक्रमण पुष्टि,

साउन- १६

काठमाडौं– नेपालमा यो वर्ष अहिले सम्ममा २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौं, ललितपुर तथा कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिएका छन् ।

डा.बुढाथोकीका अनुसार सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढी-पहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण नेपालमा हैजाको सङ्क्रमण देखिने गरेको हो ।

३१ Jul २०२४ , १०:३७am
हाम्रो आवाज