नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
एक  सामुदायिक संस्थाले अबैध तरिकाले गिट्टी बालुवाको कर उठाउदै

एक सामुदायिक संस्थाले अबैध तरिकाले गिट्टी बालुवाको कर उठाउदै

 बझाङ - महिला पुरुष युवा सशक्तिकरण सामुदायिक संस्थाले अबैध तरिकाले कर उठाउने गरेको छ । संस्थाले छाप नभएको आफ्नै रसिद काटेर अबैध तरिकाले कर उठाउने गरेको प्रमाणित भएको छ ।

साविकको चौधरी गा.वि.स वडा नं ६ मा रहेको संस्थाले अबैध तरिकाले गिट्टी बालुवाको कर  उठाउन थालेको ४ वर्ष भएको छ ।

वित्थडचिर गाँउपालिकाका निराजन बोहराको से २ त १०४२ नं को ट्याक्टरले जयपृथ्वी नगरपालिका बाट बालुवा संकलनको अनुमति लिई कर तिरेको छ । वित्थडचिर गाउँपालीकाको मन्दीर निमार्णका लागी लैजान लागेको बालुवा भरेको ट्याक्टर बाट जयपृथ्वी नगरपालिकाले कम्प्युटर रसिद मा १०५० कर रकम उठाएको देखिन्छ ।

 नगरपालिकाले १३, १४ र १५ गते सम्मका लागी बालुवा संकलनको लागी कर काटेको छ । तर दुर्गाथलिको झनाना बजारमा रहेको महिला पुरुष युवा सशक्तिकरण सामुदायिक संस्थाका सदस्यहरुले कर नतिरि गए ट्याक्टर जान नदिने भन्दै चालकलाई धम्क्याएर जवरजस्ति रसिद काट्न लगाएको चालक मदन बहादुर बोहराले बताउनु भयो । उनले १३ र १५ गते ५/५ सय गरि सो संस्थालाई १ हजार कर तिरेको छ ।

 यसरी हेर्दा ट्याक्टर संचालक करको दोहोरो मारमा परेका छन । यस विषयमा दुर्गाथलि गाँउपालिका प्रमुख प्रयागराज जोशी संग कुरा गर्दा यसरी अबैध तरिकाले कर उठाउन नमिल्ने र यदि त्यस्तो पाईएको खण्डमा कारवाहि हुने जनाउनु भयो । कर उठाउन गाँउपालिकाले कुनै संस्थालाई नदिएको बताउदै उहाँले अबैध कर उठाएका विषयमा अध्ययन गरेर कारवाहि गरिने बताउनु भयो ।

२८ Apr २०१९ , ९:४३pm
हाम्रो आवाज