नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
मधेस प्रदेशका आठ राज्यमन्त्री बर्खास्त गर्ने प्रदेश सरकारको निर्णय,

मधेस प्रदेशका आठ राज्यमन्त्री बर्खास्त गर्ने प्रदेश सरकारको निर्णय,

साउन -२९

काठमाडौँ-  मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले ८ जना  राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

उनले मधेस प्रदेश सरकारमा रहेका ८ राज्यमन्त्रीलाई बर्खास्त गरेको जानकारी दिएका छन। जम्बो मन्त्रिपरिषद् विस्तार गरेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि सहमति अनुसार राज्यमन्त्रीहरूलाई हटाउने निर्णय गरिएको मुख्यमन्त्री सिंहले बताएका छन।

सिंहले रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल लाई बर्खास्त गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ । 

१३ Aug २०२४ , १२:२३pm
हाम्रो आवाज