
डेङ्गी सङ्क्रमण फैलिँदै सावधानी अपनाउन चिकित्सकको आग्रह,
भदौ-८
काठमाण्डौ – डेङ्गी रोगको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाकाअनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ वटा जिल्लामा पुगेको छ ।
महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको बताएका छन ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाकाअनुसार
७५ वटा जिल्लामा पाँच हजार एक सय १९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।