नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना प्रहरी पुरस्कृत,

थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना प्रहरी पुरस्कृत,

भदौ-११

सोलुखुम्बु। सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ । गत साउन २६ गते थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय १३ जना प्रहरी निरीक्षकसहित लाई आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको छ।

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र चारजना प्रहरी जवान रहेका छन्।

२७ Aug २०२४ , २:५१pm
हाम्रो आवाज