पोलियो खोपका लागि गाजामा युद्धविराम गर्न युरोपेली सङ्घको आग्रह,
भदौ-१४
काठमाण्डौ-युरोपेली सङ्घले गाजा पट्टीमा सबै बालबालिकालाई पोलियो खोप दिन अनुमति दिन ‘तत्काल’ युद्धविराम गर्न आग्रह गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आगामी साताहरूमा सम्पूर्ण क्षेत्रमा दुई वटा खोप अभियानको योजना बनाएका छन् ।
यसमा छ लाख ४० हजारभन्दा धेरै बालबालिकालाई टाइप २ पोलियोभाइरस (सिभिडिपिभी२) विरुद्ध मौखिक खोप उपलब्ध गराइने छ ।