नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
बाँके बस दुर्घटना-मृत्यु हुनेको संख्या तीन पुग्यो,

बाँके बस दुर्घटना-मृत्यु हुनेको संख्या तीन पुग्यो,

भदौ-१४

नेपालगन्ज । बाँकेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दाङ घोराहीका ३० वर्षिय बिमल राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताएका छन ।

उनको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

दाङको तुलसीपुरबाट नेपालगज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस आज विहान सवा ११ बजेतिर नेपालगन्ज-कोहलपुर सडकखण्डको गनापुरमा दुर्घटना ग्रस्त भएको थियो । उक्त दुर्घटनामा २६ जना घाइते भएका थिए ।


 

३० Aug २०२४ , ८:३८am
हाम्रो आवाज