कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरू गरे,
भदौ-२६
बिराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । पूर्वमुख्यमन्त्री कार्कीले विराटनगरको निषेधित क्षेत्रमै मंगलवार अपरान्ह ४ बजे देखि अनशन शुरू गरेका हुन् ।
उनले कोशी प्रदेश सरकारको अकर्मण्यता, अक्षमता, लाचारीपन तथा जनविरोधी कार्यका विरुद्ध अनशन सुरु गरेका हुन्। उनले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सभा भवन अगाडि आमरण अनसन बस्ने बताएका थिए।