नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै,
भदौ- २८
काठमाडौं, २८ भदौ । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । आज (शुक्रबार) दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ ।
बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालालाई सत्तारुढ दलले हटाउन खोजेको विषय, संवैधानिक परिषदको बैठकमा माओवादीको अडान र समयसामयिक विषयमा छलफल हुने बताइएको छ ।