नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
निरन्तरको वर्षाले देशभर बाढ़ी र पहिरो जनजीवन अस्तव्यस्त,

निरन्तरको वर्षाले देशभर बाढ़ी र पहिरो जनजीवन अस्तव्यस्त,

असोज-१२

काठमाडौँ । लगातार वर्षाको कारण विपद्दमा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँ ललितपुर र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् ।

बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएकोकाठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी लगातारको वर्षाले नदीमा आएको बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लगातारको वर्षाले देशका अधिकांश सडक खण्ड र राजमार्ग समेत अवरुद्द भएका छन । पूर्वतर्फबाट काठमाडौं भित्रिने विपी राजमार्ग, अरनिको राजमार्ग बन्द छन् । दक्षिणतिरबाट काठमाडौं भित्रिने सिस्नेरी, कान्तिराजपथ,त्रिभुवन राजपथ बन्द अवस्थामा छन् ।

पश्चिमतिरबाट काठमाडौं भित्रिने पृथ्वीराजपथ, नौविसे सडकखण्ड अवरुद्ध छ । 

२८ Sep २०२४ , १:४५pm
हाम्रो आवाज