नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
यी तीन प्रदेशमा आज चट्याङ्गसहित वर्षाको सम्भावना,

यी तीन प्रदेशमा आज चट्याङ्गसहित वर्षाको सम्भावना,

असोज-१८

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । उक्त प्रभावका कारण नेपालमा अहिले कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

४ Oct २०२४ , ८:००am
हाम्रो आवाज