नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
लेबनानमा इजरायलको नरसंहार जारी,

लेबनानमा इजरायलको नरसंहार जारी,

असोज-१८ (एजेन्सी)

हिजबुल्लाह समूह र इजरायली सेनाहरूबीच दक्षिणी लेबनानमा भएको युद्धबीच इजरायलका आठ जना सैनिक मारिएपछि तनाव मा रहेको इजरायलले आक्रमणलाई अझ बढाएको छ।

लेबनानको राजधानी बेरुतलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको छ । रातभर इजरायलले गरेको आक्रमणमा अरू आठ जना घाइते भएका छन् ।

योसँगै पछिल्लो २४ घण्टामा लेबनानमा इजरायली आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४६ जना पुगेको छ । ८५ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

४ Oct २०२४ , ८:२०am
हाम्रो आवाज