आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन प्रधानमन्त्री ओलीको आग्रह,
असोज- २६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् ।
विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैँसे’ मिलाउन सबैलाई आह्वानसमेत गरेका छन ।
प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालिको दशैँ टीका उल्लासपूर्ण हुन नसकेकोसमेत उल्लेख गरेका छन् ।