नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

EnglishEN
आजको मौसम: केही प्रदेशमा आंशिक देखि साधारणतया बदलि रहने,

आजको मौसम: केही प्रदेशमा आंशिक देखि साधारणतया बदलि रहने,

कार्तिक-१

काठमाडौं । हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । 

 

देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।

 

विभागका अनुसार आज (बिहीबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ । गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

१ दिन पहिले
हाम्रो आवाज