
साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज भारत र नेपाल भिड्दै,
कार्तिक्त-११
साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज पाँचपटकको विजेता भारत र पाँचैपटकको उपविजेता नेपाल भिड्दै छन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने दोस्रो सेमिफाइनल खेल साँझ साढे ६ बजे सुरु हुनेछ।
यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन्।