जापानका सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले बहुमत गुमायो,
कार्तिक-१२
जापानका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आगामी आम चुनावमा बहुमत गुमाएको छ ।
आइतबार सम्पन्न आम निर्वाचनमा एलडीपी र उनको सहयोगी कोमेटो पार्टीले २१५ सिट हासिल गरेको छ ।
बहुमतको आँकडा पार गर्न कुनै पनि दलले ४६५ मध्ये २३३ सिट जित्नुपर्नेछ । जापानको सार्वजनिक टेलिभिजन एनएचकेले आइतबार यो जानकारी दिएको हो ।