नेपाली समय:

वि.सं २०८१ मंसिर २८   शुक्रवार

EnglishEN
आज देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव,

आज देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव,

कार्तिक-२०

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणयता बदली रही देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणयता बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

५ Nov २०२४ , ८:५८am
हाम्रो आवाज