नेपाली समय:

वि.सं २०८१ पौष ११   बिहीवार

EnglishEN
अमेरिकी राष्ट्रपतीय चुनाव मतदान जारी,

अमेरिकी राष्ट्रपतीय चुनाव मतदान जारी,

कार्तिक-२१

अमेरिकी राष्ट्रपतीय चुनाव आज पनि मतदान जारी रहने जनाइएको छ । मतदान जारी रहँदा धेरै राज्यमा मतदान सम्पन्न भएको छ । केन्टकी, इन्डियाना, साउथ क्यारोलिना, वर्मोट, भर्जिनिया जस्ता राज्यहरूमा मतदान सम्पन्न भएको छ ।

त्यस्तै ब्याटलग्राउन्डका रूपमा निकै महत्त्वका साथ हेरिएको जर्जियामा पनि भोटिङ समाप्त भएको छ । जर्जिया त्यो सात राज्यमध्ये एक हो जसले राष्ट्रपतीय चुनावको नतिजामा ठूलो प्रभाव पार्ने अपेक्षा राखिन्छ ।

मतदान जारी रहँदा राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसका समर्थकहरू हावर्ड विश्वविद्यालयबाहिर भेला भएका छन् । कमला सोही विश्वविद्यालयमा अध्ययन गरेकी हुन् ।

६ Nov २०२४ , ७:२९am
हाम्रो आवाज