पाकिस्तानको रेलवे स्टेसनमा बम विस्फोट हुँदा २१ जनाको मृत्यु,
कार्तिक-२४
बलुचिस्तान (एजेन्सी)। पाकिस्तानको बलुचिस्तानस्थित क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको छ ।
उक्त बिस्फोटमा परी २१ जनाको मृत्यु भएको छ ।
विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । अहिलेसम्म कम्तीमा ४६ जना घाइते भएका छन् । अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का पनि व्यक्त गरेका छन् ।