
दक्षिण अफ्रिकासँगको टी-२० सिरिजको दोस्रो खेलमा भारत पराजित,
कार्तिक-२६
काठमाडौं -भारत दक्षिण अफ्रिकासँगको टी-२० सिरिजको दोस्रो खेलमा पराजित भएको छ। गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो।
भारतले दिएको १२५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो। यस अघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।